लामो समयदेखि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

मोरङ, फागुन १,

आफ्नै नाबालक छोरीलाई लामो समयदेखि बलात्कार गर्दै आएका बाबु पक्राउ परेका छन्। मोरङको केराबारी-९ का ४७ वर्षीय बाबुले आफनै १४ वर्षीया छोरीलाई डेढ महिनादेखि बलात्कार गर्दै आएको पोल खुलेपछि उनी पक्राउ परेका हुन्।

पत्नी माइत गएको र घरमा कोही नभएको मौका पारेर छोरीलाई बलात्कार गर्ने गरेको शङ्काका आधारमा गाउँलेहरुले चियो गर्दा उनलाई रङ्गेहात फेला पारेको थिए। छोरीले आफूलाई बाबुले कहिले जङ्लमा त कहिले घरमै कसैलाई भनेमा मारिदिने धम्की दिँदै बलात्कार गर्नेगरेको पीडित बालिकाले बताएकी थिइन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com