कविता 'यस्तो शान्ति नदेउ'



मलाई यस्तो शान्ति होइन बरु पुरानै पीडा देउ ,
हो मलाइ त्यहीं प्यारो छ, जहाँ म छाती भित्रको
फोक्सो फुल्याएर धित मरुन्जेल सास त फेर्थे ,

म यस लोकतन्त्र भित्र गणतन्त्रको मन्त्र जप्दै ,
स्वतन्त्रताको निस्सासिँदो धुनीमा अब अरु
स्वासप्रस्वासको दोहोरो नाप लिने कल्पना गरिन ,

दुध पिएको भारा तिर्नुछ भनि फेरी अब नखाउ कसम ,
ती आँखाको आँशु पुछ्नुछ भनि फेरी कुनै नदेउ वचन ,
यी मुहारमा छर्नुछ मुस्कान भनि फेरी नदेखाउ दुस्साहस,

बर्तमानको खुशी भन्दा त बिगतका ब्यथामै रमेकी थिए,
ताछियेर आफै पिल्सिएको दिन बरु म बढी हर्षित थिए -
किनकी मैले एउटा सिंगो सपनाको जन्म दिएकी थिए,
हो त्यो सपनाको प्रति मुर्ति थियौं तिमी ,
तर ,
तर -
त्यो माटोले शान्तिको आकार लिन नपाउदै
तितर बितर भएकोछ, गिज-गिज घिनलाग्दो
दुर्गन्धित हो दुर्गन्धित म (आमा)....
हिजो जुन माथ चुम्थे आज यहीं हातले
तिमीलाई चट्क्यउन पनि सक्दिन अनि
अनि, पर भाग्न पनि कहाँ सके र !
त्यसैले शान्ति दिन त सकेनौ, सकेनौ
भो अब अरु संक्रमित अशान्ति नदेउ :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com