एकै परिवारले गरे एक करोड खर्चिएर सामुदायिक भवन निर्माण

 काठमाण्डौ माघ २१,

चितवनका एक व्यवसायी परिवारले करिब एक करोड खर्चिएर सामुदायिक विद्यालयको उच्चमावि भवन निर्माण गरिदिएका छन् ।

नारायणगढमा बस्दै आएका दानबहादुर श्रेष्ठले आफ्ना बाबुआमाको स्मृतिमा व्यक्तिगत ७२ लाखको लगानीमा आदिकवि भानुभक्त उच्चमाविको तीनतले भवन निर्माण गरिदिएका हुन् भने उनका छोरी ज्वार्इंको तर्फबाट अन्य फर्निचर डेस्कबेन्चलगायतका सामान प्रदान गरिएको सहयोगदातामध्येकी एक सत्य प्रधानले बताउनुभयो ।

छ कोठाको तीनतले भवन निर्माण सम्पन्न गरी उहाँले उच्चमाविलाई स्वामित्वसमेत हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।nepalbritain;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com