मिस पूर्वाञ्चल २०१३ नेहा
धारण फागुन १४,
धरान ८ स्थित सभागृहमा सम्पन्न चौथो मिस पूर्वाञ्चल २०१३ को फाइनलमा धरान ७ की १८ बर्षीय नेहा बजाजले प्रथम हुदै ताज पहिरिएकी छिन् ।
उनले १३ प्रतिस्पर्धीहरु भन्दा आफु बौद्धिकरुपमा राम्रो रहेको प्रमाणित गदै चौथो मिस पूर्वाञ्चलको उपाधि हात पारिन् । साथमा उनले टिभिएस स्कुटी पनि जितेकी छिन ।
प्रतियोगितामा धरानकै १९ बबर्षीय एलिसा श्रेष्ठ फष्ट रनरअप र झापा दमककी १८ बर्षीय बर्षा रार्इ सेकेण्ड रनरअप भइन् । उनीहरुले पनि ताजसँगै त्रmमश: नगद ३५ हजार र २५ हजार पाइन् ।