साझा सवाल भाग-275: Ideological Shift of Maoists

साझा सवाल भाग-275: 17th, Feb 2013 

सशस्त्र संघर्षबाटै सत्ता कब्जा गर्न सकिन्छ भनेर पार्टी स्थापना गरेको २१ वर्षपछि एकीकृत नेकपा (माओवादी)ले हेटौंडा महाधिवेशनबाट राजनीतिक धार फेरेर प्रतिस्पर्धात्मक राजनीतिलाई मुख्य नीति बनाएको छ । 

एकीकृत माओवादीको यो परिवर्तनले नेपालीको आउँदा दिनमा कस्तो फरक पार्छ त ? एकीकृत माओवादीको हेटौंडा महाधिवेशन सकिएको हप्ता दिनपछि पनि चुनावका लागि माओवादीले प्रस्ताव गरेको 'प्रधानन्यायाधीश नेतृत्वको सरकार' को सूत्र वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ । त्यसो त ०६२/६३ को आन्दोलनपछि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लगायतका मुद्दामा नेपालको राजनीति माओवादी वरिपरि घुमेको धेरैले भन्ने गर्छन । 

एकीकृत माओवादीले राजनीतिक धार नै फेरको भनिएको त्यो महाधिवेशनले अहिलेको अस्थिर राजनीतिलाई स्थिरतामा बदल्न कस्तो प्रभाव पर्ला? आजको बहसमा हामीसँग एकीकृत माओवादीका केन्द्रीय सदस्य राम कार्की, नेकपा मालेका महासचिव सीपी मैनाली र पत्रकार युवराज घिमिरे हुनुहुन्छ । साथै, सहभागीको बीचमा एकीकृत माओवादीबाट छुट्टिएको नेकपा--माओवादी नेता अमृता थापा र विश्लेषक अनारसिंह कार्की हुनुहुन्छ ।

 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com