गजल : By, कल्पना राई"खुशी



जीवन अनि जगत बुझेर अघि बढ्नुहोस/
समय संगै मान्छेको बिचारहरु पढ्नुहोस//

संकट बने पर्खाल ,हारेर हुन्न  कहिले नि!
मिल्नेछ सफलता त्यो,हिम्मत कसी लड्नुहोस//

संसार ठुलो रहेन,विज्ञानलाई  जित्नै  परे,
थन्काई अस्त्र हातको,बुद्धिले मन्मा गड्नुहोस//

भरोसा पर्नु हुदैन,स्वालम्बी बनि बाँच्नु पर्छ,
बटुली आँट दू:खमा,खुड्किलो स्वयम् चड्नुहोस//

ज्ञानको दिप बालेर,अध्यारो हर्नु परे याहाँ,
प्रकाश छर्न चौतर्फी,सलेदो बनि  डढ्नुहोस//

कल्पना राई"खुशी "
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com