गजल : By, सनम गोले



समाजको नजरबाट झरे पनि
जीवन मरणको छेउ परे पनि

अंगाल्ने छु हजारौ जुनीजुनी
दुनियाले बाधा अर्चन गरे पनि

तिमी मेरो बाँच्ने आधर हौ प्रीय
बिर्सन सक्दिन कहि म मरे पनि

संगै जीउने मर्ने कसम खा को छु
चाहे सात समुन्द्र पारी तरे पनि

अटल अमर बनोस हाम्रो माया
समाजले भ्रमको विउ छरे पनि

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com