केहि मुक्तकहरु : By, कल्पना राई "खुशी"



हात खुट्टा सग्लो भए गरिब हुन्न कोही l
जस्तो ज्ञानी भए पनि सरिप हुन्न कोही l
आफ्नो भाग्य भोग्नै पर्छ दरिलो बन्नु सधै,
खुशी लिन्छ दू:ख बाड्न सरिक हुन्न कोही ll

दो-बाटो रोजी एक्लै छोडी फर्केर गयौ तिमी l
मलाई देखी यात्रा मोडी तर्केर गयौ तिमी ll
मनको बात हुँदा खात खुलस्त भन्नु थियो,
बाहाना गरि धेरै थरि झर्केर गयौ तिमी लल

सफा आकाश दर्कियो अचानक /
शान्त हृदय चर्कियो अचानक //
आज मायाले सम्झेछ क्यार खै,
लाग्दै बाडुल्कि सर्कियो अचानक///

यो स्वार्थी शहरको कुरा नगरे हुन्न र?
एकल रहरको कुरा नगरे हुन्न र ?
बाँचेर केहि गरौ बरु,जे गरे नि याहाँ,
मार्ने त्यो जहरको कुरा नगरे हुन्न र?

यो मुटु तेजले धड्कियो किन-किन?
मायाको अभाव खड्कियो किन-किन?
हजारौ पटक फेर्दैछु कोल्टे आज,
निर्दयी यो रात अड्कियो किन-किन?

रहरै रहरमा फुल्यो फूल एउटा/
ढुंगामा पिरतीको फुट्यो मूल एउटा//
देखेर हुन्न रै'छ माया भन्ने चिज,
मनले रोज्दै मन जुट्यो पूल एउटा///

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरीया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com