इज़रायल माघ ३,
२१ औं सताब्दीको यस उतरार्धमा संसारै साँगुरीसकेको छ र जीवन जटिल मात्र बनेको छैन , खुम्चिएको छ भन्दा फरक नपर्ला : निलो आकाशको यस खुल्ला मैदानमा स्वतन्त्र प्रतिष्पर्धाका धारमा नारी पुरुष दुवै नारिएकाछन र अहिले सबैलाई म्यानेज गर्न धौ-धौ परेको स्थिति छ करीअर र परिवार !!
समय संगै आएको परिबर्तनलाइ आत्मा साथ् गर्दै अघि बढ्ने क्रममा बाहिया र आन्तरिक ताल मेलको तलाउलाइ एक स्थितिमा वा यसो भनौ एउटा ब्यालेन्समा राख्न हम्मे हम्मे परिरहेको छ : बिशेस गरि महिलाहरुलाई यस समस्याले निकै च्यापेको छ . आफुलाई पुरुष सरह उभ्याउन गर्दै गरेको प्रयास घर भित्र र बाहिरका चाजो बाँजो मिलाउन गारो मात्र होइन बल्कि एउटा चुनौती नै बनेको छ . यी दुवै कुरालाई सम्याउदै आफुलाई अटेंनसनमा राख्नु देखे जति सजिलो पकै छैन .
आज सब भन्दा बढी चुनातीपूर्ण रहेको करिअर र परिवार म्यनेजिंगको रिमोट हातमा लिइ परिबर्तित समय संगै आफुलाई ढाल्न चुला चौका बाट नेपालि महिलाहरु पनि कम्मर कसेर अघि बढ्दै छन . यस साहसपूर्ण सत-प्रयासलाई अझ सप्रेम हौसलाको आबस्यक छ . हिजो डाडु पन्यु मात्र चलाउने ती हातहरु आज बाटोमा मकै पोल्ने देखि सरकारी कार्यालयको उच्च पदस्थ सम्म कलम चलाउन अभ्यस्त छन . आफ्नो क्षमाता अनुसारको काम गर्नु पर्छ : कामलाई स-सम्मानपूर्वक फत्ते गर्नुनै आफ्नो लक्ष्य सम्मिप निम्त्याउनु हो . काम कामै हो , सानो ठुलो हुन्न . जो इमान्दारीपूर्वक गर्छ उसको सम्मान गर्नु पर्छ . बिडमभना हामीमा सानो काम गर्नेलाई हेप्ने, कर्के नजरले हेर्ने चलन छ. जे भएनी आफ्नो मेहनत र कर्म गर्नेलाई सम्मान गर्नु पर्छ .
हामो समाजमा महिलाहरु प्राय तः भात भान्साको चौघेरामा र पारिवारिक शुखलाई नै आफ्नो स्वर्बस्व ठानी आफ्नो सारा जीवन समर्पित गर्दै आएको हामी माझ छरलङ्ग नै छ अझ बिगतलाई सम्झने हो भने बडो दर्दनाक छ एक समय थियो जति बेला छोरीलाई पढ्न बिद्यालय पठाईदैनथियो मात्र छोरालाई बढ्न पठाइनथियो तर आज यो काल्घेरा हामीले पार गरिसकेको अबस्था छ तर महिलाले पनि केहि गर्न सक्छन भन्ने सामाजिक साँगुरो अलि निज सोचाइमा भने पूर्ण परिबर्तन भै सकेको छैन . मुल्यांकन अग्लो होचो , कालो गोरो को होइन क्षमताको गर्नु पर्छ .
जटिल जक्स्सन्ले नै संघर्षको हम्स पार गर गर्न सकिन्छ तर यहीं रेखामा आज अर्को जल्दो बल्दो स्थितिको सृजना भएको महसुस भैरहेछ : त्यो हो घर बाहिर र घर भित्रको ब्यालेन्स , घर भित्र परिवार लाइ समय दिंदा बाहिरको काम काजमा (आफ्नो करिअर सोचे जतो बनाउन नसकिने) र घर बाहिर काम गर्दा एता परिवारलाई समय दिन हम्मे पर्ने र पारिवारिक सम्बन्धमै धमिलो वातावरण सृजना भएको देखिन्छ . यसको मूल समाधान भनेको समय संगै आएको परिबर्तनलाई स्वीकार्दै सोचाइमा हरेकले आफैमा परिबर्तन ल्याउनु पर्यो अनि कामलाई यो तैले गर्ने त्यो मैले गर्ने भन्ने नठानीकन जसले भ्यइन्छ उसले गर्नु पर्यो सबै भन्दा ठुलो सम्झ्दारिता हो यदि यस रथलाई नारी पुरुष दुबैले मिलेर तान्ने हो भने परिवार , समाज र देशमै प्रगति हुनेमा दुइमत छैन.
हामी प्रसस्त सुन्दै आएका छौं घर बनाउँदा करिअर बिग्रिएको कुरा अनि करिअर बनाउँदा परिवार बिग्रिएको कुरा - यी दुवै सिक्काका दुइ पाटा हुन् यसलाई हाक्न नारी पुरुष दुइबैले आ-आफ्नो स्थान बाट उभिनु आबस्यक छ, र यस समस्याको हल पनि यहि नै हो .
हाम्रो सामाजिक बनोट :
समानताका खोक्रो भाषणको वाडी नै छ ठेलम ठेल छ तर ब्यबहारमा नारी नै पेलियेकी छिन हिजो हाम्रा हजुर आमा , आमा, भाउजुहरु पुराना मनस्थितिका साँगुरो घेरा बन्दिमा , पुरुषवादी अहमताको लक्ष्मण रेखा भित्र आफुलाई अनुबन्धित गरि अरुकै खुशीमा रमाए , अरुकै दुखमा दुखे , अरुकै पीडामा पिल्सिए आफ्नो लागि त् उनीहरुले बाँचेनन जिउयेनन र आफ्नो खुशी के भन्ने नबुझी नै उनीहरुको पुरै जीवान व्यतित भो .अहिले आएर चेतनाका पर्दा खसी सकेका छन तर ब्यबहारिक पाटोमा सुधार / परिबर्तन आउँन सकेको छैन.
बर्तमान जटिल जीवान्को चुनौतिपूर्ण पाटो हो घर बाहिर जागिर र घर भित्र परिवार सम्हाल्न एकजनाको लागि पक्कै सजिलो छैन तर नारी पुरुष दुबै नारिए यो अप्ठेरो पहाड पार गर्न गारो छैन . अहिले/ आज परिबर्तनको यस मोडमा आइपुग्दा सम्म कमै श्रीमतीलाई त्यो हिम्मत होला कि उनि आफ्नो श्रीमानलाइ कुनै काम अह्राओस, कुनै समय यस्तो थियो श्रीमानको नाम लिनु अपराध नै ठानिन्थियो . यो पुरानो संकुचित सोच मानसिकताको खाटा (घाउँ) हाम्रो मस्तिष्क बाट मेटिएको छैन . परिबर्तित समय संगै हाम्रो सामाजिक कुरीतिका जड हरु न-उखेलिनुले पनि निर्गतिका पत्ताहरु साफ नभएका हुन् . तसर्थ करिअर र परिवारको फाली चम्काउन नारी पुरुष दुवैले हर कदम समान रुपमा चाले अबस्य तल्किनेछ .
यी सम्पूर्ण अँध्यारोको निवारण शिक्षा र जनचेतना नै हो, यो ज्योतिलाई प्रत्येक जन-स्तरमा बाल्नु पर्छ . अनि बल्ल नारी-पुरुष संघर्षको मैदान खडा हुन् सक्ने छन् .
काठमाण्डौ हाल इज़रायल !