मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

तनहुँ, माघ ६,

तनहुँको श्याम्घा गाविस-८ स्थित लोध भन्ने ठाउँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया लक्ष्मी पाटा रहेकी छन्। घटनाको विषयमा विस्तृत जानकारी लिन प्रहरीको एक टोली घटनास्थलतर्फ गएको समेत प्रहरीले जनाएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com