श्रीमतीको विभत्स हत्या

दैलेख, माघ ७,

गोविन्द केसी - घरायसी विवादका कारण दैलेखमा श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति तोलीजैसी गाविस ४ का सिरे कामीले २९ वर्षीय श्रीमति नामसरा कामीको आसीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक शारदाप्रसाद चौधरीले सिरेलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटनाको विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए। नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com