कावासोती, माघ १६ ,
प्रधानमन्त्री डा बाबुराम भट्टराईले कर्मचारीलाई सङ्क्रमणकाल भनेर जनताको सेवाबाट नपन्छिन निर्देशन दिएका छन् ।
जिल्ला विकास समिति नवलपरासीमा जिल्लाका कार्यालय प्रमुखहरुलाई सोमबार निर्देशन दिँदै प्रधानमन्त्रीले सङ्क्रमणकाल पूर्णरुपमा अन्त्य नहुने भएकाले नियम, कानुनभित्र रहेर देश र जनताको निम्ति काम गर्न निर्देशन दिएका हुन् ।
'जनताको सेवा गर्न पाउँदा भाग्यमानी मानेर काम गर्नुपर्छ,' उनले भने, 'राज्य जनताको अभिभावक भएकाले कर्मचारीहरुले निष्पक्ष भएर जनताको काम गर्नुपर्छ। कागजमा मात्र प्रगति देखाउने नभएर यथार्थमा पनि काम भएको हुनुपर्छ।'
नवलपरासी भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले अपराध र तस्करीको खतरा हुनेहुँदा सुरक्षा निकायहरुलाई चनाखो हुन प्रधानमन्त्रीले निर्देशन दिए । रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै