विराटनगर, माघ १६ ,
सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले डा बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सरकार बनेर यही सरकारले आगामी संविधानसभा निर्वाचन गराउनुपर्ने बताएका छन् ।
उनले विपक्षी राजीतिक दलहरुको आन्दोलन भनेको सत्ता प्राप्तिका लागि मात्र भएको आरोपसमेत लगाए ।
फोरम गणतान्त्रिक मोरङद्वारा हिजो विराटनगर-१९ का ऐतिहासिक हडताली हाटमा फोरम आन्दोलनका क्रममा सहिद भएका परिवारलाई सम्मान कार्यक्रममा बोल्दै मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्षसमेत रहेका यादवले सो धारणा व्यक्त गरेका हुन् ।
उनले वर्तमान अवस्थामा सञ्चार जगत्ले सरकारको सम्बन्धमा गलत ढङ्गले समाचार सम्प्रेषण गरिरहेको बताउँदै पत्रकारहरुको समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे ।
मन्त्री यादवले वर्तमान सरकार जनआन्दोलन भाग-दुई र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न कटिबद्ध रहेको पनि दोहोर्याए ।
फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष सुमन साहको सभापतित्वमा भएको उक्त कार्यक्रममा मन्त्री यादवले मधेस आन्दोलनमा सहिद भएका यस जिल्लाका सहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरे । रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै