काठमाडौं, पुस २५ ,
नेपाल चिकित्सक सङ्घको नयाँ कार्यसमितिको अध्यक्ष पदमा तीन जना चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक समूहका तर्फबाट चिकित्सक अञ्जनीकुमार झा र अन्य स्वतन्त्र तर्फबाट चिकित्सक जगन्नाथ पाण्डे र चिकित्सक कृष्णकुमार राईबीच अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
नयाँ कार्यसमितिका लागि काठमाडौँ उपत्यकामा आगामी माघ १७ देखि २० गतेसम्म र सङ्घका १३ शाखामा माघको १२ र १३ गते निर्वाचन हुने सङ्घले जानकारी दिएको छ।
सङ्घको स्थापना समयदेखि अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत अन्य कार्यसमितिका सदस्यमा प्रजातान्त्रिक समूहले वर्चस्व कायम राख्दै आइरहेको छ।
सङ्घको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा क्रमशः चिकित्सक पशुपति रेग्मी र चिकित्सक सरोजप्रसाद ओझा, महासचिवमा चिकित्सक मुक्तिराम श्रेष्ठ र कोषाध्यक्षमा चिकित्सक किरण रेग्मी निर्विरोध निर्वाचित भइसकेका छन् । उनीहरु प्रजातान्त्रिक समूहबाट आफ्नो उम्मेदवारी दिएका थिए ।
अन्य ६ जना सदस्यका लागि सात जनाले उम्मेदवारी दिएको सङ्घले जानकारी दिएको छ। सङ्घका अनुसार प्रजातान्त्रिक समूहबाट चिकित्सकहरु विश्वराज दवाडी, नन्दु सिल्वाल, अभिमन्यु झा, निर्मल रिमाल, प्रकाश बुढाथोकी र सुधीर गिरीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी स्वतन्त्रका तर्फबाट चिकित्सक कुलदीप गौइतले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
अध्यक्ष पदका प्रत्यासी झाले चिकित्सकका पेसागत हकहित एवम् समग्र स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउन आफूले पहिलो प्राथमिकता दिने सङ्क्षिप्त जानकारी दिए । रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै