रुकुम, पुस २५ ,
शरीरमा रगतको मात्रा सकिएपछि अस्पतालको शैय्यामा छटपटाइरहेकी जाजरकोटकी एक महिलाको ज्यान बचेको छ। रक्तअल्पताका कारण रुकुम चौरजहारी अस्पतालमा भर्ना भएकी डाँडागाउँ - ४ की ३७ वर्षीया तोला पुनलाई चार जनाले गए राति रगत दान गरेपछि पुनले पुनःजीवन पाएको अस्पतालले बताएको छ।
'ओ' पोजेटिभ रगत भएकी पुनलाई नेपाली सेनाका तीन जवान र एक स्वास्थ्यकर्मीले रगत दिएका थिए। रगतको मात्रा शून्यावस्थामा पुगेकी पुनलाई वीर दल गणको 'ग' गुल्म चौरजहारीमा कार्यरत भुसेल भरिया, रघुनाथ अधिकारी र गुमानसिङ थापा तथा स्वास्थ्यकर्मी तारा शर्माले रगत दिएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
हप्तादिनअघि औषधि सेवन गरी गर्भको बच्चा तुहाएपछि पुनलाई रक्तश्राव सुरु भएको थियो। अत्याधिक रक्तश्रावका कारण शरीरमा रगतको मात्रा अन्तिम अवस्थामा आएका बेला मात्र पुनलाई अस्पताल भर्ना गरिएको थियो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै