छोटो छुट्टी र एरपोर्टमा समान पाउने ढिलासुस्ती

 इज़रायल माघ ८,

विजय बिद्रोही राइ : हामी धेरैले प्राय भोग्दै आएको तितो यथार्थ हुनु पर्छ यो एरपोर्टमा आफ्नो समान पाउने ढिलासुस्ती। यस्ताखाले समस्या विभिन्न देश बाट आफ्नो मातृभूमी फर्कने धेरैले भोगेसकेका छन् , यहाँ प्रसंग छ इजरायलको - ईजरायल नेपाल छुट्टीमा होस् वा सक्याएर धेरैको गुनासो एउटै रहेको पाइएको छ आफ्नो समान पाउनमा ढिलासुस्ती । 

फिनिश गरेर जानेलाई त् २/ ३ हप्ता समान ढिला आइदिए नि फरक पर्दैन तर जो ४-हप्ते वा डेड महिना को छुट्टीमा गएका हुन्छन उनीहरुको बिशेस गुनासो रहेको छ यसरि आफ्नो समान ढिला पाउँदा सिमित छुट्टी मा गएका उनीहरुले समयमा सम्बन्धित ठाउँमा आफ्ना आफन्ताहरु संग समेत बनाएको समयतालिकानुसार भेटघाट हुन् नसकेको दुखेसो छ ।

आधा छुट्टी समान कुर्दा कुर्दै सकियो अब आफन्ता भेट्न जाने कि अझै समानकै लागि एरपोर्ट धाउने दोधारमा छु भारखारै छुट्टी गएकी बिष्णुमाया गुरुङको तितो यथार्थ गुनासो थियो । एयरलाईन्स बाट आज आउँछ भोली आउँछ भन्दै यात्रीहरुलाई एयर लाईन्सका अफिसहरु धाउन लाउने तर दिनै पिच्छे धाउँदासम्म रित्तो हात फर्कदै यात्रीहरु आफ्नो गुनासो पोखेका छन। काठमाडौको महङ्गीगर्दा गर्दा अनि थोरै दिनको छुट्टीमा आफ्नो परिवार, नातानाला , आफन्तहरुसँग भेट्ने तिब्र चाहनालाई काठमाडौमै ओईलिएको साग झैं अनुहार पारेर पर्खिरहेका हुन्छन आफ्ना लगेजहरु लिन । 

ईजरायलबाट करिब १२५० देखी १३००, १४०० अमेरिकी डलर तिरेर टु-वे को  टिकेट काटी गएका उनीहरु समयमा आफ्नो समान नपाउँदा तालिका अनुसारको छुट्टी नै चौपट भएको गुनासो धेरैको छ  । २७ किलोको लगेज दिने कतार एयरवेज, गल्फ एयरवेज र अन्य एयरवेज, जोर्डनको राजधानी अमन र कतारको राजधानी दोहा वा बहराइनको मनामा ट्रान्जीट, भएर काठमाडौ सम्म पुग्छन तर दुर्भाग्य समानहरु पुग्दैनन। यसमा कस्को जिम्मेवारी हुन् जान्छ ? भन्ने प्रश्न चिन्न खडा भएको छ ।

नेपाल सरकारले के गर्न सक्छ त ?  यस बारे यो निकै गहन बिषय बनेको छ अहिले । कहिले सम्म नेपालीहरुले यस्ता अ-ब्यबस्थाको मार सहनु पर्ने हो ? यस बिषयको जिम्मेवार को हो त ? यो पनि प्रष्ट हुनु अत्याबस्यक छ  र ति ब्यक्ती वा कम्पनी लाई के कस्तो सल्लाह, सुझाव वा कारवाही गर्ने यस बिषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु आबश्यक छ, जसका कारण अरु  पीडात नबनुन  । 

ईजरायलबाट प्राय ३० देखि ४५ दिनको छुट्टिमा जाने हुन्छन हतारिदैं आमाबुबा वा परिवार, आफन्ता, नाता नाला संग भेटघाट गर्न आतुर ति नेपाली दाजुभाई तथा दिदीबैनीहरु काठमाडौमा हप्तौ सम्म आफ्नो समान/ लगेज पर्खदै आधा छुट्टी सकिएको धेरैको दुखेसो छ । जनताको पसिना द्वारा संचालित ती कार्यलय अड्डा अनि त्यहाँका कर्मचारीलाई तलब मिल्छ तर यो ढिलासुस्तीको जिम्मेवार को हो ? यदि त्यहाँका कर्मचारीकै बेवास्ता हो भने उनीहरुलाई उचित कारवाहीको कठघरामा उभिनु पर्छ ! नेपालको फ्यातुलो प्रशासनिक कार्यन्वयनकै कारण हजारौं  नेपालीले  जनताले देश भित्र र बाहिर अनेकौ दु:ख कष्ट भोग्नु र झेल्नु परिरहेको छ।

तसर्थ यो समस्या बाट कहिले सम्ममा  छुटकारा पाउने हो नेपालि जनताले यसको जवाफ त सम्बन्धित निकाय र नेपाल सरकारलाई नै हुनु पर्छ  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com