बागलुङ, पुस १८,
बागलुङ जिल्लामा ३२५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पहिचान भएका छन्। तेस्रोलिङ्गीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेपछि लैङ्गिक अल्पसङ्ख्यक खुल्न थालेका हुन्।
विभिन्न प्रकृति भएका लैङ्गिक अल्पसङ्ख्यक समुदायका ३२५ जनाले आफ्नो पहिचान खुलाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था नीलहिरा समाजले जनाएको छ।
समाजले बागलुङमा शाखा कार्यालय खोलेर काम सुरु गरेपछि जिल्लाका विभिन्न ठाउँका लैङ्गिक अल्पसङ्ख्यकको पहिचान भएको शाखाका संयोजक विनोद चौलागाईंले बताए। यौनिक अल्पसङ्ख्यकभित्र पर्ने विभिन्न वर्गमध्ये महिला समलिङ्गी, पुरुष समिलिङ्गी र तेस्रो लिङ्गीहरूले कार्यालयबाट विभिन्न सेवा लिइरहेको चौलागाईले जानकारी दिए।
समाजमा अहिले पनि तेस्रोलिङ्गी अथवा समलिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकाले विभिन्न भेदभाव र लाल्छना सहनुपर्ने अवस्था रहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घका राष्ट्रिय सहायक कार्यक्रम संयोजक स्वस्तिका लामाले बताए।
अल्पसङ्ख्यक समुदायले वैवाहिक मान्यता, सहजरुपमा नागरिकता प्रदान, कानुनी हक अधिकारको व्यवस्था, समान सहाभागितालगायतका माग राखी आफ्नो अभियानलाई अघि बढाएका छन्। नेपालमा अहिले ६० हजारभन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको नीलहिरा समाजको तथ्याङ्कमा उल्लेख छ। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै