पुरुष पनि महिलाको सिकार

 काठमाण्डौ माघ ११,

देशभरि महिलामाथि हिंसा बढीरहेका बेला पाल्पा जिल्लाभित्र भने पुरुष पनि महिलाको सिकार हुन बाध्य भएका छन् । पुरुषले मात्र हिंसा गर्छन् भन्ने धारणा पछिल्लो समयमा गलत सावित बन्दै गएकोछ । जिल्ला प्रहरी कार्यालय पाल्पामा दर्ता भएको उजुरीका आधारमा तीन वर्षको अबधिमा १२ उजुरी महिलाले पुरुषमाथि गरेको हिंसा भनेर उल्लेख छ ।

बाँकी १५० बढी घटनामा पुरुष, महिला, र समाज पनि सामेल छन् । पछिल्लो समयमा प्रहरीले महिला सेलको स्थापना गरेर पनि विभिन्न किसिमका हिंसाका घटना दर्ता हुन थालेको तर त्यसमा पुरुष पनि महिलाको हिंसामा परेको प्रहरीको दावी छ । तथ्यांक अनुसार श्रीमन् विदेश गएका वेलामा घरमा रहेका श्रीमतीले परपुरुषसँग मिलेर मानसिक र शारीरिक हिंसा गरेका पनि उजुरीमा उल्लेख छन् ।

विदेशबाट श्रीमान्ले पैसा कमाएर नेपाल पठाउने तर श्रीमतीले परपुरुषसँग मिलेर सम्पत्ति हिनामिना पारेको, सम्पत्ति हडपेको जस्ता नयाँ घटनाका उजुरी पनि प्रहरीमा आएका छन् । प्रहरी कार्यालय पाल्पामा दर्ता भएका हिंसाको उजुरीले महिला र अन्य हिंसाका घटना बढेको पुष्टि गरेको छ । प्रहरीमा २०६९ साउन देखि पुस २५ गतेसम्ममा महिला पुरुष र अन्य क्षेत्रबाट हिंसामा परेको भन्दै ४६ वटा उजुरी दर्ता भएका छन् । ती ४६ घटनामध्ये ३८ घटना शिक्षित र सदरमुकाममै घटेका छन् ।

पछिल्लो तीन वर्षमा महिला हिंसाका घटनामा उल्लेख्य मात्रामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उजुरीले देखाएको छ । गएको ४ वर्षदेखिको तथ्यांकलाई हेर्ने हो भने यस्ता खालका हिंसा वर्षेनी ग्रामीण क्षेत्रमा शहरी र शिक्षित क्षेत्रमा बढ्दै गएको छ । आव २०६५।०६६ देखि यो वर्षको पुस २५ सम्ममा १ सय ८८ घटना पाल्पामा भएका छन् ।

यस्ता खालका घटनालाई प्रहरीले घरेलु हिंसाको रुपमा लिएको जिप्रका महिला सेलकी सदस्य निर्मला विष्टले बताउनुभयो । यसरी भएका अधिकांश हिंसा पुरुषबाट धार्मिक मुल्य मान्यता र परम्परागत धारणा पनि पुरुषवादी भएका कारण महिला शारिरीक, मानसिक, समाजिक हिंसामा पर्ने गरेको विष्टले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांक अनुसार आ.व. २०६६÷०६७ मा ३५, २०६७÷०६८ मा ४२, ०६८ ÷०६९ मा ६५ पुरुष महिलाबाट पीडित र महिला पुरुषबाट पीडित भएको घटना छन्।nepalbritain;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com