काठमाण्डौ माघ ११,
बर्ड फ्लु सङ्क्रमणबाट पीडित व्यवसायी प्रेमकुमार मानन्धरलाई निम्बस सहयोगी हात संस्थामार्फत पशुसेवा विभागले क्षतिपूर्तिस्वरुप रु तीन लाख ४३ हजार २०० प्रदान गरेको छ।
गत पुस १८ विभागबाट रोग नियन्त्रणका लागि परिचालित विशेष टोलीले व्यवसायी मानन्धरको फार्मबाट २६४० वटा लेयर्स जातको कुखुरा नष्ट गरेको थियो।
विभागका महानिर्देशक नरबहादुर रजवार र प्रबन्ध निर्देशक आनन्द बगरियाले संयुक्त रुपमा व्यवसायी मानन्धरलाई राहत रकम प्रदान गर्दै क्षतिपूर्ति रकमले व्यवसायीलाई केही हदसम्म भए पनि राहत पुग्ने विचार व्यक्त गर्नुभयो।
संस्थाले गत मङ्सिरमा व्यवसायी मानन्धरलाई क्षतिपूर्ति दिने घोषणा गरेको थियो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै