नचोच्नु कहिल्यै बिदेशमा रुखमा पैसा फल्दैन यहाँ
तिम्रो कडा परिश्रम को मुल्य गन्दैन यहाँ ।।
नआउनु विदेश दाजु भाई दिदी बहिनी यहाँ दुख हुनेछ
सारा खुसि माटोमा मिल्दा सम्झी सम्झी रुनेछ ।।
पीडा कसले देख्या छ र आँशु पुछ्दै डिउटी गर्नु पर्दा यहाँ
चाहना र रहर बेची जिउदो लाश सरि मर्नु पर्दा यहाँ ।।
कसले कठै भन्ला र आँशु नै आँशुको जीवन जिउनु पर्दा
स्वास्थ्य मान्छे बिरामी हुन्छन समुन्द्री पानी पिउनु पर्दा ।।
मिठो खाने राम्रो लाउने चाहना हरु टुट्नेछन यहाँ
कलिलो त्यो हातहरु सिमेन्ट र बालुवा संगै खेल्दा फ़ुत्नेछन यहाँ
दाजु भाई, दिदी-बहिनी , गरिखान सजिलो छैन यहाँ
तिमीले सोचेको जस्तो पैसा र सपना पाइन्न यहाँ ।।
नऔ चेली तिमी यहाँ अनेक सपना बुन्नलाई
बाहिर पनि निस्कन पाइन्न सधै घर भित्रै ठुनिनालाई ।।
$ घण्टा नै कामै काम अरबी ले झन् सताउनेछ
थोरै मात्र गल्ति गरे पैसा नदिई नेपाल पठाउनेछ ।।
दिनौ जसो हावा हुरी बालुवाको त्यो कण संगै
संझानेछान जन्म भुमि दुखिलो त्यो मन सग्गै ।।
घरको याद जन्म,भुमि सम्झी सम्झी रुन्छ यो मन
नआउ विदेश दाजु भाई परिश्रम गरे नेपालैमा मिल्छ धन ।।
खाने समय दिन्न यहाँ सुख्ख रोटि लानु पर्छ
उठ्ने समय हुन्न यहाँ राती उठी जानु पर्छ ।।
अमुल्या यो पसीनाहरु आफ्नै देशमा बगाउने गर
बिदेशमा देखिने अनेक सपना स्वदेशमै सजाउने गर ।।
% डिग्री को ताप सग्गै खुसि हरु जल्दै छन् यहाँ
अनेक सोचाई अनेक समस्या मुर्छ परि ढल्दै छन् यहाँ ।।
सुत्ने को कुनै पत्तो छैन शरीर पुरै थाकेको छ यहाँ
मनबता को करै छैन ,एकै रूममा !) जना राखेको छ यहाँ ।।
कर्मासिंह लामा :
रसुव, हाल दोहा कतार !!