काठमाडौं, पुष २६,
प्रथम गुरुकुल इन्डो-नेपाल कराँते प्रतियोगिताको उपाधि आज नेपालले हात पारेको छ। टिम च्याम्पियन बन्न सफल नेपालले २५ स्वर्ण, १३ रजत र ५१ कास्य पदक हात पारेको हो। गुरुकुल नेसनल फाउन्डेसन तथा नेपाल गोजुरियो कराँते डो सङ्घद्वारा आयोजित प्रतियोगितामा दोस्रो भएको भारतले पाँच स्वर्ण, १७ रजत र नौ कास्य हात पार्यो।
पुरुषमा नेपालका सूर्य मगर तथा महिलामा भारतकी जेसिकाप्रीत कौर उत्कृष्ट खेलाडी चुनिए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषको २० केजीमा नेपालका पवीन्द्र बुढा, २५ केजीमा भारतका सनजवीर सिंह, ३० केजीमा नेपालका कुमार रानाभाट, ३५ केजीमा नेपालका सुजन मगर तथा ४० केजीमा नेपालका गणेश रानाभाटले स्वर्ण जिते।
महिलाको खुला तौल समूहमा नेपालकी अनिता तामाङ, ४० केजीमा नेपालकै कुन्ति तामाङ तथा ४५ केजीमा भारतकी चुनिन्दा चौहानले स्वर्ण चुमे।
बिजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले पुरस्कार वितरण गर्नुभयो। एकदिने प्रतियोगितामा नेपालका ११० र भारतका ४० गरी १५० खेलाडीले ३० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै