यौन सम्पर्क गर्न नदिएको झोकमा श्रीमतीको हत्या

चितवन, पुस २६,

रमेशकुमार पौडेल - यौन सम्पर्क गर्न नदिएको रिसमा श्रीमतीको हत्या नै गर्ने मकवानपुरका एकजनालाई आज मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

मकवानपुर गोगने गाविस वडा नं ५ का प्रेमबहादुर मोक्तानले मंसिर २४ गते आफ्नै श्रीमती बिमायाको हत्या गरेको अभियोग लागेको छ। मकवानपुर जिल्ला अदालतका सेस्तेदार कौशल ज्ञवालीका अनुसार मोक्तानले यौनसम्पर्क गर्न नदिएपछि श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका थिए।

अदालतमा पनि मोक्तानले त्यही बयान दोहर्यामएको ज्ञवालीको भनाइ छ। जिल्ला न्ययाधीश टेकनारायण कुँवरले मोक्तानलाई थुनामा पठाउने आदेश दिएका हुन्। हत्या गरेपछि उनले लाशलाई डोकोमा राखेर लुकाएका थिए।

लाश लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले अर्का एकजना व्यक्तिलाई पनि गिरफ्तार गरेको थियो। अदालतले उनीसँग १० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो। धरौटी रकम तिर्न नसकेकाले ति सहयोगी समेत कारागार चलान भएको सेस्तेदार ज्ञवालीले बताए।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com