काठमाण्डौ माघ १९,
जुवातास र मदिरा नै महिला हिंसाका मूल कारण रहेको एक कार्यक्रमका सहभागी महिलाहरूले बताएका छन् । इलाका प्रहरी कार्यालय कटहरियामा आयोजित महिला हिंसाविरुद्धको अन्तक्रिर्या कार्यक्रमका सहभागी महिलाहरूले तराईमा जुवातास र अवैध रक्सी भट्टीको कारोबार गर्नेमाथि पूर्णरूपमा प्रतिबन्ध नलगाएसम्म महिला हिंसाको घटनामा कमी नहुने दाबी गरेका छन् ।
'नागरिक सुनुवाइ, नागरिक सचेतना र तत्काल कारबाही' मूल नाराका साथ गत पुस २२ गतेदेखि रौतहटमा सञ्चालित महिला हिंसाविरुद्ध कार्यक्रमको अन्तिम दिन आज भएको कार्यक्रममा शिक्षा र चेतनाको अभावमा छोरीलाई विद्यालय नपठाउनु, बालविवाह, बोक्सीको आरोप तथा तराईमा अधिकांश घरेलु हिंसा हुने गरेका सहभागीको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र महिला तथा बालबालिका सेवा केन्द्रको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व प्रहरी उपरीक्षक महेशबिक्रम शाहले गर्नुभएको थियो ।
उपरीक्षक शाहले महिला तथा बालबालिकासम्बन्धी हिंसा निर्मूल पार्न आफू पूर्णरूपमा तत्पर रहेको बताउादै हिंसाका दोषीलाई कारबाहीबाट जोगाउन दबाब नदिन राजनीतिक दलका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाविस कटहरिया, पिपरापोखरीया, विर्ति प्रस्टोका, कर्कच कर्मैया, शीतलपुरलगायत गाविसका महिला पुरुषको सहभागिता थियो । रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै