जुम्ला, माघ १३ ,
युवा स्वरोजगार कार्यक्रमअन्तर्गत जुम्लामा रु एक करोड बजेट आएको एक वर्ष बितिसक्दा पनि त्यसको सही प्रवाह हुन सकेको छैन। उक्त बजेट अहिले कृषि विकास बैंकमा थन्किएर बसेको छ।
बेरोजगार युवाहरुलाई प्रतिव्यक्ति १० हजारदेखि दुई लाखसम्म रकम उपलब्ध गराउन तीन वर्षअघि युवा स्वरोजगार कार्यक्रम सुरु भएपछि जुम्लाका १२ हजारभन्दा बढी युवाले प्रतिव्यक्ति २०० तिरेर फारम भरेका थिए।
जसबाट जुम्ला उद्योग वाणिज्य सङ्घले २० देखि २४ लाख रकम सङ्कलन गरेको थियो।
जसमा उद्योग वाणिज्य सङ्घले नौ हजार ६२९ जनालाई अभिमुखीकरण तालिम दिएको बताएको छ भने करिब एक हजार जतिलाई गैर सरकारी संस्थाहरुले विभिन्न तालिम दिएको बताइएको छ।
युवाहरुका लागि भनेर आएको बजेट कृषि विकास बैंकमा थन्किएको बारे जिज्ञासा राख्दा प्रबन्धक लक्ष्मीप्रसाद न्यौपानेले जिल्ला संयोजन तथा अनुगमन समितिको बैठक हालसम्म बस्न नसकेका कारण युवाहरुलाई कर्जा प्रवाह गर्न नसकिएको बताए।
उनका अनुसार उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, कृषि विकास बैंकका प्रबन्धक र युवा स्वरोजगार केन्द्रीय कार्यालयका स्वयम्सेवक सदस्य रहने सो समिति अहिले अलपत्र अवस्थामा रहेको छ।
यता उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष गोविन्द शाहीले भने समितिको आधिकारिक बैठक नबसेसम्म सो रकमका बारे केही भन्न नसकिने बताए। साथै उनले एकै घरका १० जनासम्मले फाराम भरेको हुँदा रकम वितरण हुनुपूर्व उचित छानबिन गर्नुपर्ने देखिएकाले घरको प्रकृति हेरेर रु १० हजारदेखि दुई लाखसम्म कर्जा उपलब्ध गरिने बताए।- रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै