महिला संघद्वारा पुनः आन्दोलनको घोषणा

काठमाडौं २३ पुस ,

कांग्रेस निकट नेपाल महिला संघले ‘महिला हिंसा विरुद्ध’ दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरेर संघले महिलाप्रति हुने बलात्कार, हत्या, हिंसा लुटपाट र विध्वंशकारी गतिविधिको अन्त्य माग सहित आन्दोलन घोषणा गरेको हो ।

उसले १२ बुँदे माग सरकार समक्ष प्रस्तुत गरे पनि वेवास्ता गरेको आरोप लगाएको छ । संघर्षका कार्यक्रम अनुसार पुस–२४ गते अधिराज्यभर कोण सभा गर्ने, २६ गते विभिन्न राजनीतिक दलका नेताहरुलाई ध्यानार्षण गराउँदै ज्ञापन पत्र बुझाउने र २७ गते अधिराज्य भरि विरोध सभा गर्ने छन् ।

संघकी अध्यक्ष डीला संग्रौलाले महिला हिंसाका दोषीलाई कारबाहीको माग गरेर देशव्यापी रुपमा दोस्रो चरणको आन्दोलनको गर्न लागेको बताईन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com