काठमाडौं, २३ पुस ,
शीतलहरका कारण चिसो बढे पछि कपिलबस्तु, महोत्तरी, रुपन्देही र सिराहामा छ जनाको मृत्यु भएको छ ।
चिसो बढे पछि कपिलबस्तु जिल्ला बिजुवा–८, सानोनन्द नगर बस्ने ४ वर्षीया सोनी कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरी जिल्ला सुगा भवानीपट्टी–६ बस्ने ५५ वर्षीय चन्द्रकला देवी महतोको पनि चिसोकै कारण मृत्यु भएको हो ।
उता, रुपन्देही जिल्लामा दुई जनाको मृत्यु भएको छ । एकला–८, गढीया बस्ने ६७ वर्षीय इब्सान अली र तेनहुवा–५ बस्ने ६० वर्षीय फत्ते महम्मदको मृत्यु भएको हो ।
यता, सिराहा जिल्ला रामगोपुर–५ बस्ने साढे २ वर्षीया अस्मिता कापर र ढुङग्रेखोला–४ स्थित मिलन चर्चमा बस्दै आएका ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय रामबहादुर राईको जाडोको कारण आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै