माघ २,
नेपालमा जारी महिला हिंसा विरुद्ध बेलायतवासी नेपाली युवाले प्रदर्शन गरेका छन् । लन्डनस्थित नेपाली दूतावास प्रवेशद्धार अगाडि केन्जिङ्टन प्यालेस् गार्डेनमा शुक्रवार दिउसो स्वतस्फूर्त भेला भएका करिब ५० युवाले महिला हक अधिकारका निम्ति जारी ‘अकुपाइ बालुवाटार’ अभियानमा ऐक्यवद्धता जनाउंदै महिला हिंसा र बलात्कार विरुद्ध करिब आधा घण्टा नाराबाजी गरे ।
प्रदर्शनका क्रममा मिडलसेक्स् विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष श्रेय पौडेलले स्वागत मन्तव्य दिएका थिए । सो क्रममा मिस युके नेपाल २०११ गौमाया गुरुङ, एनआरएनए युके संयोजक रामशरण सिंखडा, नेपाली लोकतान्त्रिक मञ्च, बेलायतका अध्यक्ष दिनेश घिमिरे लगायतले महिला हिंसा विरुद्ध बोल्दै यथोचित न्याय दिन सरकार समक्ष आग्रह गरे ।
सो अवसरमा नेपाली युथ फोरम (यु.के.) का तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराईलाई एक ज्ञापनपत्र समेत बुझाइएको छ । श्रेय पौडेल, गौमाया गुरुङ, लेक्स लिम्बु, चन्द्रिका गुरुङ, प्रदिप कुमार सिंह, लक्ष्मी गुरुङ र अञ्जु गुरुङले राजदूत डा. सुरेशचन्द्र चालिसे मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रमा नेपालमा केही समय यता महिलाविरुद्ध भएका निकृष्ट हिंसाका घट्नाले आफूहरु स्तव्ध भएको उल्लेख गर्दै महिलामाथि हुने सबै खाले उत्पीडनहरुको अन्त्य गर्न नेपाल सरकारसंग माग छ । ज्ञापनमा कतिपय महिला हिंसाका घट्नामा सरकारको लाचारीपन र कर्मचारीका असक्षमता विरुद्ध आक्रोश समेत पोखिएको छ ।
सो ज्ञापन राष्ट्रपतिलाई समेत वोधार्थ गरिएको छ । कार्यक्रमलाई नेपाली लोकतान्त्रिक मञ्च, बेलायत र प्रगतिशिल नेपाली समाज, बेलायतले समेत सहयोग गरेका थिए ।nepalbritain.
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै