बलात्कार अभियोगमा चारजना कर्मचारीलाई निलम्बन

काठमाण्डौ पुष २२,

रौतहटको गौर आँखा अस्पतालमा भारतीय महिलालाई बलात्कार गरेको अभियोग लागेका चारजना कर्मचारीलाई निलम्बन गरिएको छ ।

गौर नगरपालीका वडा नं १२ स्थित पुरेनवामा रहेको अस्पतालको टिकट कक्षमा भारत मोतीहारीकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा टिकट कक्षका कर्मचारी रामअयोध्या यादव, शिवशङ्कर महतो, रामप्रीत यादव र रामप्रवेश राम चमार निलम्बनमा परेका हुन् । उनीहरूले युवतीलाई अश्लिल भिडियो देखाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।

गत आइतबार स्थानीयवासीले दिएको जानकारीका आधारमा अस्पताल निरीक्षणमा गएको जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्तमध्ये रामप्रीत र रामप्रवेश तथा घटनामा संलग्न भएको आशङ्कामा शिवशङ्कर र रामजन्म यादवलाई बुधबार पक्राउ गरेको थियो ।नेपालब्रितैन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com