सोलुखुम्बु, पुस २० ,
पर्यटकीय सिजन सकिएसँगै सोलुखुम्बुको नाम्चेबजारमा लाग्ने साप्ताहिक हाटमा सामानको मूल्य अत्यधिक बढेको छ। नाम्चेबजारमा शनिबार लाग्ने साप्ताहिक हाटमा फलफूल तथा मासुको उपलब्धता कम भएको र मूल्य दोब्बरभन्दा बढी भएको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए।
{module google ad 600x60|none} बास्तोलाका अनुसार हाटमा केरा प्रति कोसा रु ४० (प्रति दर्जन ४८०) र सुन्तला प्रति दाना रु ४० मा किनबेच भयो। त्यस्तै भैँसीको मासु प्रति धार्नी रु दुई हजारका दरले बिक्री भएको छ। अघिल्लो हप्ता यहाँ भैँसीको मासुको मूल्य प्रति धार्नी बढीमा रु ८०० थियो। त्यस्तै सुँगुरको मासु पनि प्रति धार्नी रु ४०० ले बढेर एक हजार २०० मा किनबेच भएको छ।
पर्यटकीय सिजन सकिएको र चिसो बढेकोले नाम्चेका अधिकांश व्यवसायी चिसो छल्न काठमाडौं गएका छन् भने उनीहरूका घर कुर्न बसेकाहरू तथा जाडो छल्न काठमाडौँ जाने क्षमता नभएकाहरू महँगीको मारमा परेका छन्।
यस समयमा नाम्चेमा व्यापारीहरूले अन्य सामग्री पनि कम लैजाने र बाटोमा हिउँ जमेको कारण मूल्य झन्डै दोब्बर पुगेको हो। यतिबेला नाम्चे क्षेत्रमा प्रायजसो ज्यामी मजदुरी गर्नेहरू मात्र बाँकी छन्।
ढुङ्गा फुटाउने, दाउरा सङ्कलन गर्नेजस्ता काम गरिरहेका ज्यामीहरू महँगीले दैनिक गुजारा गर्न समेत कठिन भएको बताउँछन्। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै