आज धर्मभक्त माथेमाको १०० औ जन्मजयन्ती मनाइदै

काठमाडौँ, माघ १३ ,

सहिद सप्ताहअन्तर्गत आज धर्मभक्त माथेमाको १०० औ जन्मजयन्ती मनाइयो। काठमाडौँ महानगर पालिका अन्तर्गत सहिद सप्ताह मूल समारोह समितिले सिफलस्थित माथेमाबाट अमरत्व प्राप्त गरिएको स्थानमा आयोजना गरेको कार्यक्रममा उनको सालिकमा माल्यार्पण गरियो। 

समितिका संयोजक एवम् महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले तत्कालिन राणा शासनविरुद्धको सङ्घर्षमा माथेमाले देश र जनताको स्वतन्त्रताको लागि जीवनको बलिदान गर्नुभएकाले त्यसको प्रतिफलस्वरुप आज नेपाली नागरिक स्वतन्त्र भएको धारणा व्यक्त गरे । 

कार्यक्रममा माथेमाको छोरी रेणु माथेमा श्रेष्ठले सम्पूर्ण राजनीतिक दलले सहिदहरुको सपना पूरा गर्न जनताको सामाजिक रूपान्तरणमा जोड दिनुपर्ने बताए । समितिका सदस्यसचिव सनत थापा र पूर्व राजदूत डा केदारभक्त माथेमाले सहिद माथेमाले देखाउनुभएको त्यागको आदर्शबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे । 

माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट विसं १९६६ असोज १० गते ओमबहालमा भएको थियो। माथेमालाई राणा शासनविरुद्वमा सक्रिय भई जनतालाई प्रजातान्त्रिक चेतना दिएको आरोपमा विसं १९९७ मा आजकै दिन मृत्युदण्ड दिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com