रौतह पुष २०,
रौतहटका दुई महिलाले साहस गरी आफ्नै पतिको दुव्र्यहारविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । रौतहट जिल्लाका धरमपुर गाविस–६ घर भई हाल डुमरिया गाविसको नयाँबस्ती टोल–८ बस्ने सुरेश गुप्ताविरुद्ध उनकी श्रीमती बिमा देवीले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकी हुन् ।
बिमाको उजुरीको आधारमा प्रहरीले उनका पति सुरेश र ससुरा सोनेलाल साहलाई पक्राउ गरेको छ । सर्लाही जिल्लाकी बिमा र सुरेशबीच २०६१ साल जेठ महिनामा परम्पराअनुसार विवाह भएको थियो । कपडाको व्यापार गर्ने सुरेशले रु एक लाख ५० हजार र सुनचा“दी दाइजो स्वरुप लिएर घर भित्र्याएको तीन महिनापछि नै माइती पक्षस“ग थप दाइजो मागेको बिमाले बताइन् ।
श्रीमान् सुरेश, ससुरा सोनेलाल, सासु सियादेवी साह, जेठाजु सन्तोष साह र जेठानी मञ्जु देवीले आफूलाई दिएको यातनाका कारण २०६२ सालमा गर्भ नै खेर गएको उनको आरोप छ । दुई छोरी जन्मिँदासमेत आफूमाथिको यातना जारी रहेको बिमाले बताइन् ।
यसैगरी गौर नगरपालिका–७ बस्ने जोखनी देवीले पनि पति वीरेन्द्र सहनी र ससुरा दशरथ सहनीविरुद्ध कुटपिट तथा शारीरिक र मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । वीरेन्द्रले जेठी श्रीमती छ“दाछँदै अर्को बिहे गरी दोस्रो श्रीमती घर भित्र्याएपछि ससुरा मिलेर विभिन्न यातना दिँदै घरबाट निकालेको जोखनीले बताइन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेपछि प्रहरीले बिमाका पति सुरेश, ससुरा सोनेलाल साह तथा जोखनीको पति वीरेन्द्र र ससुरा दशरथ सहनीसहित चारजनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताउनुभयो । नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै