उधौली साकेला (चण्डी)२०१२ इज़रायाल्मा भव्यताका साथ् सम्पन्न : Watch Video


इज़रायल, मङ्सिर १७,

नारीदर्पण डटकम / मीना बान्तावा :- किराँती राईहरुले इजरायलमा पहिलो पटक आफ्नो जतित्व बिकाश र सास्कृत कलाको संरक्षण र सम्बर्दन गर्नुको लागि महान प्रमुख इतिहासिक चार्ड (चण्डी) साकेला मंसिरे "उधौली" २०६९ सालको यहि शनिबार १- डिसेम्बर इजरायलको तेलाभी नेवेसनान-१६ काठमाडौँ क्लब अन्डर ग्राउंड हलमा भब्यताका साथ् सम्पन्न भयो |

उक्त कार्यक्रम (चण्डी) उधौली साकेलामा किराती राईहरुको आफ्नो पहिरन सहितका ठुलो समुहमा भेला हुनु भएको थियो, कार्यक्रममा किरातेशोर राजा रानीको फोटो, र किराती राजा यलम्बरको फोटो राखी बिचमा ठुलो ढोल झ्याम्टाहरु,चौरीको पुछर राखी फूल माला अर्पण गरि रुखको सट्टामा ठुलो  रुखको हाँगो राखी, फोटोको दुई पटी किराती झन्डा र कार्यक्रमको भित्तामा ब्यानर टाँसेर प्रथम पूजा पूजारी दीप कुमार राइ बाट भएको थियो र त्यस पछी सबै किराती राईहरुले गरेका थिए  र संग संगै नाच पनि भएको थियो कार्यक्रममा झ्यामटा र बाजा बज्दा अनि किराती गहना पहिरन मनन गर्दा लाग्थ्यो नेपालको भुमि पुत्र भूमिमा नै पूजा गरे झैँ भान हुथ्यो |


  कार्यक्रम संचालक दोय सुनिता राई (यासिन) नारी दर्पणकि संचालिका र विजय बिद्रोही राई भोजपुरे ब्लोग्स्पोटका सम्पादक हुनु हुन्थ्यो, उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतबासका राजदुत प्रलाद कुमार प्रसाईं ज्यु साथमा श्रीमती सीता प्रसाईं ज्यु सहित  प्रमुख अतिथिमा उपनियोग रमेश प्रसाद खनाल ज्यु साथमा श्रीमती सुशिला खनाल ज्यु लगायत  राजदुत़ा बासका परिवारहरु पनि पाल्नु भएको थियो, नेपाली राजदुत प्रलाद प्रसाईं ज्युले हाम्रो देश धेरै भाषा भासी र धार्मिक सास्कृतिकको धनि हामीले आफ्नो संस्कृति जोगाउन  यसरि परदेश भूमीमा रहेर पनि  देखाएको देश भक्ति प्रति खुलेर प्रसंसा गर्नु भएको थियो . उपनियोग रमेश प्रसाद खनाल ज्युले आज विदेशमा पनि सबैले यो आफ्नो संस्कृतिको संरक्षण जगेर्ना गर्ने उदेश्यले स्थापित यस प्रकारका कार्य प्रसंसनिय हो भन्नु भएको थियो .

राइ जातिको बाजा भित्र पर्ने पुरानो सामग्री बिनायो पनि एक हो जसलाई सबै सामु बजाएर गोपिमाया थुलुंग ले आफ्नो कला प्रति प्रेम झल्काउनु भएको थियो .
किरातीहरुले आफ्नो देवताको नाममा धुप-धुवार गरी सके पछी दोस्रो चरणमा महामहिम राजदुत ज्यु र उपनियोग रमेश प्रसाद खनाल ज्यु "किराँत यायोख्खा सोसियल इन इजरायलकी" अद्यक्ष मिना बान्तवा ज्यु तिनै जनाले संयुक्त रुपमा पानसमा बत्ति बाल्नु भएको थियो |

 जनजाती महा संघका अद्यक्ष तेन्जिंग सेर्पा ज्यु  लगाएत जनजाती महा संघमा आबद्द जनजाति संस्थाका प्रतिनिधिहरु र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत मिडियाका पत्रकार महोदय मित्रहरु उक्त कार्यक्रममा रही किराँत् राई सम्बन्धि आफ्नो छोटो मन्तब्य सबैले नै राख्नु भएको थियो कार्यक्रम करिब साढे ३-घण्टा समयाबधिको रह्यो | समयले नेटो काटे ता पनि नाच्ने प्रांगणमा  भने किराती चेली दिदि बहिनि र माईती दाजु भाईहरु नाची नै रहेका थिए |

अझै पनि नाचौं-नाचौं लाग्दा लाग्दै सभा पतित्वको कार्यभार लिनु भएकी "किराँत यायोख्खा सोसियल इन इजरायलकी" अद्यक्ष मिना बान्तवा ज्युले चण्डी नाच उधौली २०१२ कार्यक्रमको महत्व बारे निक गहकिलो मत समापन राख्नु भएको थियो | उहाँले यो प्रमुख चाड साकेला उधौली एउटा चाड र मनोरंजनको लागि मात्रै हैन बिभिन्न उदेश्यले हामी किराँतीहरुले आफ्नो चुलो चौका कुल देवतालाई छोडेर परदेश लागेका किराँतीहरु विभिन्न देश बाहिर रहेर पनि आफ्नो गाउँ, ठाउँको जातीय परम्परा, भेष भुषा र संस्कारको अनुशरण गर्दै किराँती संस्कार, पहिचानलाई निरन्तरता दिनु र सबै किराँती संस्कार र संस्कृतिको पहिचान र संरक्षण सम्बर्दन गर्दै निरन्तरता दिई रहनु र आफ्नो थातथलो पुर्खाको स्मरण गरिरहनको लागि यो चाड हामीले मनाएका हौँ र भविष्यमा हाम्रा सन्तति पिढीहरुले पनि हाम्रो जातीय संस्कार संस्कृतिलाई स्थायित्व दिउन् दिदै लैजाउन भन्ने हाम्रो अभिप्राय मान्यता हो भनि बोल्दै कार्यक्रम समाप्तको सूचना दिदै बिट मार्नु भएको थियो |

बिशेष धन्यबाद !
------------------

१) नेपाल येम्बासी बाट पाल्नु भएका महामहिम प्रल्हाद कुमार प्रसाई , उपनियोग रमेश खनाल ज्यु लागाय येम्बसिका स-परिवार
२) बिभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरु
३) जनजाती महासंग इजरायल र त्यसमा आबद्द संस्थाहरु
४) एडभान्स मणि ट्रान्सफर  -; कृष्ण ज्ञवाली साई सेन्टर
५ बिभिन्न मिडियाका महोदयहरु
६) युनाईटेड चर्च
७) सी.एन. एन. ई  ज्यु - पुष्प श्रेष्ठ,
८) प्राबिधिकमा - बिपिन तामांग
९ ) - नेवेसनान चौथो तल्ला एन. बि. राई लगायत सम्पूर्ण अपार्टमेन्टका सहयोग गर्नु हुने दिदी बहिनि दाजु भाइ - लगायत यस  उधौली कार्यक्रम २०१२  सफल बनाउन प्रत्यक्षा - अप्रत्यक्षा सहयोग पुर्याउनु हुने सबैमा किरात यायोख्खा इन इज़रायल
 हृदये देखि  हार्दिक आभार तथा कृतज्ञता क्यक्त गर्दछ :  धन्यवाद !! ......................VIDEO.................

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com