'गीत' : By, Pabitra Rai

 

जूनकीरीलार्इ बटुलेर सिउरी दिन्छु केशमा
नअटाए टप्प टाँस्छु आकाशको खाली ठाउमा ।
^^^^^^~~~^^^^^^
चिम्किन्छन ति सबै तारा बनि निल गगनमा
जड्नेछन् शीतका टिलपिल नाजुक दाना तिमीमा
जहा म उभिन्छु खाली हात तिम्रो छेउमा ।
~~~~~ ^^^^^^ ~~~~~
कोरिनेछन् बुट्टा अध्यारो त्यो रिमरिम साझमा
झर्नेछन् फूल पारीजातका मसिना दाना तिमीमा
जहा म छर्नेछु न्यानो चाँद तिम्रो छाँयामा ।

पवित्रा रार्इ
ओखल्ढुङ्गा ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com