गीत : जिन्दगीलाई खोज्दा खोज्दै : By, Daju Gurung



जिन्दगीलाई खोज्दा खोज्दै पुगिएछ टाडा
थाहै नपाई काटिएछ धेरै धेरै डाँडा ।

खोज्नु पर्छ जिन्दगीलाई कहिले सम्म खोज्ने ?
रोज्नु पर्ने वाटाहरु कहिले सम्म रोज्ने ?
खोज्दै हिडे डाँडा काँडा तरे खोली दोभान
आसंै आंसमा प्यासंै प्याँसमा वितिरहेछ जोवन ।

जोवानलाई रोज्दा रोज्दै तरे धेरै खोला
जिन्दगीलाई खोज्दा खोज्दै कहाँ पुग्ने होला ?

मनको इच्छा वादल सँगै क्षितिजलाई चुम्ने
आप्mनै घर –आँगनमा द्यौउसी भैलो खेल्ने ।
किन यो मन वगिरहेछ खहरेको भेलमा
आप्mनो वतन नौलो भयो सपना खोज्ने खेलमा

मिठो सपना वुन्दा वुन्दै विझिरहेछ काँडा
जिन्दगीलाई खोज्दा खोज्दै पुगिएछ टाडा ।

दाजु गुरुङ , हङकङ !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com