गुराँस फुले जस्ती : By, Bikrant Pahadi



हिउ खुले जस्ती तिमी, गुराँस फुले जस्ती !
लुकी-छिपी सपनीमा मसंग गर्छ्यौ मस्ती !!

कुक्क -कुक्क बादुलीले मलाई बोलाऊ छ्यौ !!!
बिरालु ले ;मुसा जस्तै मलाई खेलौउ छ्यौ !!!

थाहै नपाई यो दील भित्र पस्यौ कहाँ बाट ?
गुड बनाई यो मनभित्र बस्यौ कहाँ बाट ??

चरीले झैँ ,मेहनत ले राम्रो पार्यौ घर !
शीर -पाउ ,तिमी न भा-ठाउँ कहाँ छ र ?

फेरी पनि यी दिन हरु सुन्य लाग्छन किन ?
तिमी बाहेक यो संसारमा अरु केहि देख्दिन !!

तिम्रै मन को बाटो गरि हिड्न मन लाग्छ !
तिम्रै मन -मुटु भित्र पसु जस्तो लाग्छ //


विक्रान्त पहाडी :
तनहुँ नेपाल, हाल युएइ :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com