मसाज गर्ने क्रममा अष्ट्रेलियन युवती बलात्कार

काठमाडौं, मङ्सिर २८,

नेपाल घुम्न आएकी १६ वर्षे अष्ट्रेलियन युवती बलत्कारको शिकार भएकी छिन । त्यो पनि नेपाली नागरिकले नभई भारत बिहारका १८ वर्षे युवकबाट ।

समाचार स्रोतका अनुसार कास्की खरा–६ गौरीघाट स्थित ए वान ड्रेस एण्ड वारवर सप आयुर्वेदिक एण्ड मसाज सेन्टरमा उक्त घटना भएको बताइन्छ । स्थानिय प्रहरीले मसाज गर्ने क्रममा अष्ट्रेलियन युवती बलत्कृत भएकी पुष्टि गरेका छन ।

प्रहरीका अनुसार बलत्कार गरेको अभियोगमा पक्राउ पर्ने अभियुक्त भारत विहार घर भएका १८ बर्षीय निरन्जन ठाकुर हुन । उनी हाल प्रहरी हिरासतमा छन ।

अष्ट्रेलीयन युवतीले प्रहरीलाई दिएको सूचना अनुसार मसाज गर्ने ठाकुरले साँझ छ बजे मसाज गर्नेक्रममै सेन्टरमा जवरजस्ती करणी गरेका थिए ।

 जबरजस्ती गर्ने क्रममा युवती अत्तालिएर चिच्याएपछि नजिकैका पसलेहरुले उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा लगेका थिए ।नेपालब्रिटेन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com