कालीबाबा काठमाण्डौमा

काठमाण्डौ मङ्सिर ३०,

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको निमन्त्रणामा १००८ स्वामी कालीबाबाजी महाराज शुक्रबार नेपाल आउनुभएको छ ।

पार्टीले यही आउँदो पुस २ गतेदेखि ११ गतेसम्म मुलुकका विभिन्न स्थानमा गर्न लागेको रथयात्रामा प्रमुख अतिथिको रुपमा सहभागी हुन उहाँ नयाँ दिल्लीबाट नेपाल आउनुभएको हो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कालीबाबाले नेपाल प्राचीन समयदेखि नै हिन्दू धर्मावलम्वीको पवित्र तीर्थस्थल रहेको र यसलाई सोही रुपमा संरक्षण गर्नुपर्ने देश विदेशका धर्मावलम्बीको चाहना रहेको बताउनुभयो ।

पार्टीका उपाध्यक्ष डा. धवलशमशेर राणा, सहमहामन्त्री राजाराम श्रेष्ठलगायतका नेताहरुले उहाँलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । रथयात्रा जनकपुर, लुम्बिनी, पोखराको विन्दवासिनी हुँदै पशुपतिनाथ मन्दिरमा ल्याइने कार्यक्रम रहेको छ ।

करिब एक हजार किलो मिटरको रथयात्राको समयावधिमा साना ठूला गरी १६० वटा धार्मिक सभा तथा अनुष्ठान गरिने बताइएको छ । रथयात्राको समयमा विभिन्न सामाजिक सुधारका सङ्कल्प समेत गरिने सहमहामन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।नेपालब्रिटेन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com