काठमाडौं–इजरँयलमा बस्दै आएका हरि मानन्धर एकल रचनामा गजल एल्बम ‘विवश’ लिएर श्रोतामाझ आएका छन् ।
उनको एल्बमको गायक गायिका र श्रोताहरुको भब्य जमघटबीच साहित्यकार कृष्णहरि बरालले विमोचन गरे । इजरायल गएको ५ बर्षपछि फर्कदा उनी सुमधुर कृति लिएर श्रोतासामु आएका हुन् । उनले प्रवासमा रह“दा देखेका, भोगेका क्षणहरुलाई गजलमा उतारेको बताए । ‘पहिले मेरा रचना फेसबुकका भित्ताहरुमा सीमित थिए,’ उनले भने,‘त्यसलाई साहित्यिक मित्रहरु, गायकगायिका र संगितकारको सहयोगमा एल्बमका रुपमा
ल्याएको ह“ु ।’
कार्यक्रममा उनको एल्बममा रहेको ‘जे बनायो जिन्दगीले..’ बोलको सत्यराज आचार्यले गाएको गजलको म्युजिक भिडियो देखाइएको थियो । त्यसमा गजलकार मानन्धर स्वयंले अभिनय गरेका छन् । उनको संग्रहमा ‘जे बनायो जिन्दगीले,’ ‘हर चिज राम्रोलाग्छ,’ ‘छाडेर गएछौ,’ ‘सुन्दरीका पछि लाग्ने,’ ‘आ“शु बगाएर,’ ‘पलपल यादमा’लगायतका बोलका गजल समेटिएका छन् । ती गजलमा चर्चित गायकहरु सत्यराज आचार्य,स्वरुपराज आचार्य, अन्जु पन्त, शिव परियार, निशा देशार र मनोजराजले स्वर दिएका छन्। सबै गजलमा संगीत गैरे सुरेशको छ ।
कार्यक्रममा गजलकार बरालले विदेशी भूमिमा रह“दा गरिने सिर्जनाले पीडा भुल्न सघाउनुका साथै कृति पनि रहने भएकाले प्रवासमा नेपाली साहित्य फस्टाउ“दै गएको बताए । ‘मानन्धरका गजलहरु प्रवासका प्रतिनिधि रचना हुन्,’ उनले भने, ‘विदेशमा रहेका अरु नेपालीलाई समेत लेखनमा प्रोत्साहन गर्नु आवश्यक छ ।’
अर्का गजलकार ललिजन रावलले संसार चियाउन आ“खिझ्यालबाटै सकिने बताउ“दै मानन्धरका रचनामा
त्यस्तै छनक पाएको बताए । अर्का सर्जक रमेश पौडेलले विश्व साहित्य परिवेशमा इजरायल नेपाली साहित्य सिर्जनामा एक नम्बरमा रहेको बताउ“दै त्यही रहेर कलम चलाउ“दै आएका मानन्धरको गजल कृति (एल्बम) निकै खारिएको पाएको बताए । एल्बममा एक, दुई गीत राम्रा राखेर अरु झारा टार्ने परंपरा रहेकामा मानन्धरको एल्बमका ६ वटै गजल एक से
एक उत्कृष्ठ रहेको उनले बताए ।
मानन्धरको एउटा कविता संग्रह समेत प्रकाशित भएको छ । उनले त्यहाबाट नवीन नेपाल
डट कमलगायत वेबसाइटसमेत संचालन गर्दै आएका छन् ।