काठमाडौ, मंसिर २९ ,
शिला पाण्डे ; घामदेखि डराएर छाता ओढ्ने र शीतल खोज्ने दिन छैन अब । त्यही घाम सबैलाई प्यारो लाग्न थालिसकेको छ । कोठाभित्र बस्नुको सट्टा खुला चौर र घरको छतमा बस्न आनन्द लाग्छ । तर राजधानीको चिसोबाट त्यत्तिकै बच्न गाह्रो छ ।
अन्य तराई क्षेत्रमा त झन् कति दिन लगातार घामको झुल्कोसमेत देख्न पाइँदैन ।
यस्तोमा न्यानो स्वेटरले जस्तो साथ अरूले दिन सक्दैन । जाडोले छोप्दै गर्दा अहिले बजारमा बाक्ला कपडाको चाङ पनि उस्तै देखिन थालेको छ । आजभोलि जाडोबाट बच्नलाई जस्तो पायो त्यस्तो लुगा नै कहाँ बिक्छ र ? न्युरोडका फेन्सी व्यवसायी अशोक गुरुङ भन्छन्, 'बाक्लो स्वेटरमा पनि डिजाइन खोज्न थालिएको छ ।'
नयाँखाले ज्याकेजमा आफूलाई आकर्षक देखाउने भित्री स्वेटर बढी चलनचल्तीमा छन् आजभोलि ।
धेरै लुगा लगाउँदा भद्दा देखिने भएकाले भित्रबाट एउटा स्वेटर र ज्याकेट सजिलो पहिरन बनेको ३ वर्षभन्दा बढी भएको गुरुङ सुनाउँछन् । केटीहरूका लागि त झन् थरीथरीका ऊनी पहिरन छन् ।
टिसर्टमाथि स्वेटर लगाउने या ऊनी ब्लेजरमा सजिने लगाउनेमा भर पर्छ । चिसोमा 'हट' देखिने खालका स्वेटर ड्रेस पनि अब धेरैको रोजाइमा पर्ने बेला आएको छ । शतप्रतिशत ऊनबाट बनाइएका स्वेटर ड्रेस गोलो, भी-सेपका गलामा पाइन्छन् । लेगिन्जमाथि यो ड्रेस अनि डिजाइन/डिजाइनका मफलर 'परफेक्ट' हुन्छ ।
चिसोमा जिन्स पाइन्ट र बुटसँग ठूलाखाले टिसर्टका रूपमा बनाइएका 'ओभरसाइज स्वेटर' फेसनमा रहेको अर्को पहिरन हो । क्याजुअल वेयर मन पराउने कामकाजीहरूका लागि यो स्वेटर 'बेस्ट च्वाइस' बन्न सक्छ । ओभर साइज स्वेटरमा भी-सेप रोज्नेले त्यसमा रंगीन धर्का 'स्ट्राइप' भए झनै आकर्षक देखिन्छ ।
कर्भ आकारको शरीर भएकाका लागि समेत ओभरसाइज स्वेटर परफेक्ट हो । लामो र फराकिलो स्लिभ -काउल) डिजाइनको गला भएको स्वेटर बढी स्टाइलिस मानिन्छ ।
यस्ता स्वेटरहरू रोज्दा घाम बढी सोस्ने कालो, खैरो, हरियो, डार्क बैजनीजस्ता डार्कसेड रङलाई बढी प्राथमिकता दिइनु उचित हुन्छ ।
स्वेटरमा पनि ब्रान्डलाई निकै महत्त्व दिइने भएकाले क्याजुअल वेयरमा चलेका धेरैले जाडो मौसमलाई लक्षित गरी नयाँ डिजाइन दिने गरेका व्यापारीहरू बताउँछन् । काउल नेकका स्वेटर फिटिङमा आउने भएकाले स्लिम हुनेहरूलाई बढी फिट हुने व्यवसायी रुवि नापित बताउँछिन् ।
'मोटो ज्यान हुनेलाई लक्षित गरेर अलि फरक डिजाइनका स्वेटर आएका छन्,' उनले भनिन्, 'घाँटीमा मोटो अनि बन्द गला र पाखुरा मुनि खुला भएको ऊनीका स्वेटर चलेको छ ।' मोन्टेकार्लो, अरमानी, पुमा, क्यालभिन केलिन, पाउल स्मिथ, लकीजस्ता ब्रान्डका उत्पादन बढी चलेका पनि छन् ।
जाडोका लागि यस्ता ब्रान्डले ल्याएका विभिन्न डिजाइनका स्वेटर ड्रेसका लागि न्यूनतम २ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्छ ।
ब्राइट कलरका पाइन्टसँग बाक्लो अनि लामो स्वेटर अहिलेको फेसनमा भिज्नेहरू अरूभन्दा भिन्नै र आकर्षक देखिन्छन् । पातलो मात्र होइन प्लस साइजका लागि पनि विभिन्न डिजाइन र रंगमा स्वेटरहरू आएकाले सबैले आफूलाई चिसो मौसममा 'हट' अनुभूति दिलाउन सक्छन् ।कान्तिपुर;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै