रोल्पामा घरेलुहिंसा बृद्धि

३ पुस, रोल्पा,

माधवकुमार वली ; रोल्पामा घरेलुहिंसाका घटनाहरुमा बृद्धि भएको छ । जिल्लामा सन् २०१२ को जनवरीदेखि डिसेम्बरसम्म भएका मानवअधिकारसंग सम्बन्धित घटनाहरुमध्ये सबै भन्दा धेरै घरेलुहिंसाका घटनाहरु रहेका छन ।

इन्सेक रोल्पाले सार्बजनिक गरेको एक प्रतिबेदन अनुसार जिल्लामा एक वर्षदेखि संकलन गरेको मानवअधिकारसंग सम्बन्धित ५४ वटा घटनामध्ये घरेलुहिंसाका घटना बढि भएको उल्लेख छ ।

प्रतिबेदनमा हत्या, धम्की, कुटपिट, गोली तथा विस्फोटक पदार्थ विस्फोटका घटना, यातना, अमानवीय व्यवहार र अपमानजनक व्यवहार, बालअधिकार, घरेलु हिंसा, महिला विरुद्ध हुने भेदभाव, बहुविवाह, बलात्कार, बन्द हडताल, तालावन्दी लगायतका घटना उल्लेख छ ।0nlinekhabar;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com