महिला खोजतलास निवेदन बर्सेनि बढ्दो

काठमाण्डौ पुष ४,

मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जमा बेपत्ता महिलाको खोजतलासका लागि पर्ने निवेदन बर्सेनि बढ्दै गएका छन् । आव २०६७÷६८ मा खोजतलासका लागि दुई सय ९५ निवेदन परेका थिए भने आव २०६८/६९ मा बढेर तीन सय ३२ पुगेका छन् ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले खाडी मुलुक तथा भारतमा बेपत्ता भएको भन्दै खोजीका लागि बढी निवेदन परेको जानकारी दिनुभयो । माइती नेपालले गत आवमा हराएको निवेदन परेकामध्ये ३१ जना फेला परेको जनाएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने धेरै नेपाली महिला बेपत्ता हुने गरेका छन् ।

कामका लागि मध्यपश्चिमबाट खाडी मुलुक गएका महिला बेपत्ता हुने क्रम बढ्को माइती नेपाल नेपालगन्जले जनाएको छ । सो संस्थाले गत आवमा दुई सय ४५ जना जोखिमपूर्ण यात्रामा रहेकाहरूलाई उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको जनाएको छ । चालु आवमा १०० भन्दा बढीलाई उद्धार गरिएको बताइएको छ ।

यसैगरी २५५ जनालाई बसाइँसराइँबारे जानकारी दिई पारिवारिक पुनःमिलन गराइएको माइती नेपालले जनाएको छ । श्रम तथा यौन शोÈणमा परेका १४ जनाको उद्धार गरिएको छ । संस्थाले ९३ जनालाई परामर्श दिई सीमाबाट घर फर्काएको तथा चार जनालाई सीपमूलक तालिम प्रदान गरको छ ।नेपालब्रिटेन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com