बौद्धिक आपाङ्ग महिलालाइ बलात्कार गर्ने पक्राउ

पानीट्याङ्की (मोरङ), पुस ७ ,

बोल्न नसक्ने बौद्धिक आपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा लेटाङ-४ का ४५ वर्षीय अम्बरबहादुर कार्की पक्राउ परेका छन्।

कार्कीले लेटाङ-५ बस्ने एक महिलालाई बिहीबार राति उनकै घरमा पुगेर बलात्कार गरेका इलाका प्रहरी लेटाङले जानकारी दिएको छ ।

बलात्कार गरेको थाहा पाएपछि गाउँलेहरुले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको र कार्कीलाई हिजो पक्राउ गरिएको इप्रका लेटाङले जनाएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com