पोखरामा ग्रान्डमा फेसन शो

पुष १४,

पोखराको होटल ग्रान्डमा अलशो फेसन एन्ड म्युजिकद्वारा आयोजित फेसन शोमा काठमाडौंका चर्चित सेलिब्रेटीदेखि मोडलहरूसम्म र्‍याम्पमा देखा परे।

निकै चिसो अनुभव गरिरहेका दर्शकले मोडलहरू र्‍याम्पमा देखिए पछि भने केही क्षणमै जाडो हराएको अनुभव गरे। मिस नेपाल सृष्टि श्रेष्ठलाई पोखराको र्‍याम्पमा उतारिएको साता नबित्दै फेरि पोखरेलीहरूले सहाना बज्राचार्यको चाल हेर्न पाए।

फेसन शोमा जाडो तथा गर्मीमा लगाइने पहिरनहरू प्रदर्शन गरिएको थियो। उक्त अवसरमा राजधानीका झन्डै एक दर्जन मोडलले र्‍याम्प तताएका थिए। फेसन शोपछि डान्सपार्टीमा परिणत भएको कार्यक्रम राति करिब ११ बजेसम्म चलेको थियो।साप्ताहिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com