काठमाडौ , मंसिर २२ ,
आगामी वर्ष नेपालमा आयोजना हुने विश्व नारी नेपाली साहित्य सम्मेलनका लागि त्रिमूर्ति निकेतनले देशका सबै अञ्चलमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ को बिहीबार बसेको बैठकले १४ अञ्चल सम्मेलन समारोह समिति गठन गरेको हो । त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार सम्मेलन आगामी २०७० असोजभित्र गरिनेछ ।
नेपालमा यस प्रकारको सम्मेलन पहिलो पटक हुन लागेको बताइएको छ ।
समितिका अञ्चल अध्यक्षमा मेचीमा भवानी क्षेत्री, कोसीमा राधिका गुरागाईं, सगरमाथामा आस्थाकोपिला राई, जनकपुरमा पुनम झा, वागमतीमा अनिता तुलाधर, नारायणीमा गायत्री श्रेष्ठ, गण्डकीमा सरस्वती प्रतीक्षा, लुम्बिनीमा कृष्णादेवी शर्मा श्रेष्ठ, धवलागिरिमा रेखाकौशल रेग्मी, राप्तीमा गायत्री घर्ती मगर, भेरीमा किरण आचार्य, सेतीमा श्रेष्ठ प्रिया पत्थर र महाकालीमा नारा जोशी मनोनीत हुनुभएको छ ।
सम्मेलनका उपाध्यक्षद्वय प्रा डा उषा ठाकुरलाई परामर्श समिति र उषा शेरचनलाई सङ्गठन परिचालन समितिको संयोजकको जिम्मेवारी पनि दिइएको छ ।
त्यस अवसरमा विश्व नारी नेपाली साहित्य सम्मेलनका तर्फबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्री, नेपाली साहित्य विकास परिषद्का संस्थापक सुरेशजङ्ग शाह, ओमानबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका ‘प्रवासी आवाज’का सम्पादक तथा प्रवासी महिला सङ्घका अध्यक्ष मुना नेपाल श्रेष्ठ र खेलाडी भगवती खड्का ‘युनिका’ लाई सम्मान गरिएको थियोे ।
त्रिमूर्ति निकेतनले गत साउन १८ गते विश्व नारी नेपाली साहित्य सम्मेलनका लागि प्रा डा गार्गी शर्माको अध्यक्षतामा सम्मेलन समिति गठन गरेको हो ।नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै