तनावले मुटुमा गम्भीर असर

काठमाडौ, पुस ४ ,

तपाई तनाव कत्तिको लिनुहुन्छ ? कुनै समस्या पर्दा वा चिन्ता हुँदा तनाव महशुश गर्नु त मानवीय स्वभाव नै हो । तर, हामीले लिने यस्तै सानातिना तनावले पनि हाम्रो मुटुमा गम्भीर असर गरिरहेको हुन्छ ।

तनाव लिंदा हामीले थाहै नपाई मुटुरोग निम्त्याइरहेको हुनसक्छौं । तनाव लिने मान्छेलाई मुटु रोगको सम्भावना २७ प्रतिशत बढी हुने एक अध्ययनले देखााएको छ । अमेरिकाका ६ बिद्यार्थीले एकलाख २० हजार व्यक्तिहरुसँग १४ बर्ष लगाएर गरेको अध्ययन अनुसार यस्तो तथ्य पत्ता लागेको हो ।

 यस्ता व्यक्तिका मुटुका धमनी र शिराका प्वालहरु सानो हुँदै गएर श्वासप्रश्वासमा समस्या हुने र कालान्तरमा मृत्यु हुने सम्भावना बढी भएको अध्ययनकर्ताहरुले बताएका छन् । मुटुरोग अमेरिकीहरुको प्रमुख स्वास्थ्य समस्यामध्ये एक मानिन्छ ।

अमेरिकामा बर्षेनी मुटुरोगकै कारण करिब ४ लाख मानिसहरुको मृत्यु हुने गरको तथ्यांक छ । अनुसन्धानमा सहभागी गराइएकाहरुलाई उनीहरुले लिएको तनावको अवस्थाबारे सोधर १४ बर्षसम्मको निरन्तर अनुगमनपछि निश्कर्ष निकालिएको कोलम्बिया विश्वबिद्यालयका अनुसन्धान लेखक डोनाल्ड एडमन्डसनले बताएका छन् ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com