थानकोटमा १४ वर्षे एक बालिकालाई ४१ वर्षे पुरुषले बलात्कार गरेका छन्। थानकोटको महालक्ष्मी इँटाभट्टामा काम गर्ने राजविराजका मनोज डंगोलले शनिबार इँटाभट्टाभित्रको छाप्रोमा बालिकालाई बलात्कार गरिरहेका बेला उनकी आमाले देखेर प्रहरीलाई खबर गरेकी थिइन्।
तथ्यांक अनुसार नेपालमा प्रत्येक साता तीन वटा बलात्कार घटना प्रहरीसम्म आइपुग्छ। प्रहरीको तथ्यांक अनुसार पुस पहिलो साता उपत्यकामा एक र उपत्यकाबाहिर दुई वटा बलात्कारका घटना भएका थिए। मंसिर महिनामा १२ वटा बलात्कारका घटना सार्वजनिक भएका थिए। १६ वर्ष उमेरमुनिकाहरु सबैभन्दा धेरै सिकार बन्ने गरेको प्रहरीको तथ्यांक छ।नागरिक;