परिवर्तनशील समय संगै धेरै चिज बदलिए, दिन बिते अनि हप्ताहरु गुज्रिए महिनाहरु बदलिरहे साथमा अनि ऋतुहरु दुहोरिरहे समय आफनै रफ्तारमा दौडीरहेको रहिछ| इस्कुल र कलेजमा पढेका सबै साथीहरु ु आफ्नो आफ्नो कर्म रेखा कोर्न सबै आ -आफ्नै जीवनको गोरेटोमा दौडीरहेकाछन् |
कोहि आफनै जन्म भूमिमा त कोहि अमेरिका ,अस्टेलिया ,युरोप विभिन्न बिदेसी मुलुकमा थाहै नपाई त्यो समय सगै पौठेजोरी खेल्ने क्रममा म पनि जीवनको गोरेटो लाई पछ्याउदै आज भन्दा ४ बर्ष अगाडी पर्देशिन पुगे इस्राएलभन्ने देसमा आगामी दिनहरु लाई सफलतापूर्वक अगाडी बढाउने सोचमा तर कहाँ त्यति सजिलो हुदोरहेछ सबै कुरा सोचे झैँ |तै पनि हार नमानिन झिनो आशाका साथ निरन्तर अगी बडिरहे बडिरहे एकदिन सफलता पाउने आसामा | इसरायल आएको ४ महिना सम्म त निकै गारो महसुस गरे|
काम पनि त्यति राम्रो नभएकोले अझै घर परिवार ,यानेकी ७ बर्षे छोरीलाईलाई समेत छोड्नु परेको मा निकै भाब बिहल हुन पुग्थे कुनै कुनै बेला त अनि साथमा कयौ साथी संगी छोडेर बिदेसिनु परेको मा के गर्नु भाबिले छैंटिमा यस्तै लेखिदिएको रहिछ मन बुझाउदै कस्टमा दिन काटे ४ महिना पछी नयाँ कामको खोजि गरि अर्को काममा गए |त्यो काममा मैले अलि सजिलो महसुस गरे किनकि त्यस फेमिलीमा मलाई निकै माया अनि हौसला मिल्यो जीवनमा केहि गर्न पर्छ भन्ने प्रेरणाका साथ म त्यहिँ काममा बसिरहेको छु | जुन घरमा मेरो इम्प्लोयर र म रहने गर्छौं| उनि निकै हँसिली अनि मिजासिली स्वभावकी छिन |
उनक्को उमेर ८६ को छ | |उनका ३ जना छोरा अनि एउटि छोरी हुन त्यसैले पनि हुन सक्छ उनि मलाई छोरी झैँ माया गर्छिन | हामि नेपाली परिसर्मी अनि बहादुर छौ काम गरिकन थाक्दैनौ | हाम्रो भूमिमा कुटो कोदालो गर्ने हामि यो बिदेशमा कहाँ त्यतिको काम हुनेर मलाइ दिन बिताउन पट्यार लाग्न थालो अनि मैले काम गरेर बचेको खालि समयमा केहि गर्ने मन गरे घर वरीपरी फूलबारी बनाउने |छोरा छोरी लाई मेरो इच्छा राखे उनीहरु पनि खुसी भए| अनि केहि फूल रोपियो तिनै फूलको स्याहारसुसारमा मेरो अलि समय बित्न थालो |यसरीनै बित्दै जान थालो मेरो दिन चर्या |
केहि समय फूलबारीमा त केहि समय इम्पोलोयर लाई सहयोग गर्नमा | समय सगै कति चाडपर्वहरु आए अनि गए उसकै तिथिमितिमा मैले भने त्यहिँ सानो फुलबारिमै रमाएर बिताए | बेला बेलामा त यस्तो लाग्ने गरथ्यो |यी चाडबाडका तिथिमिति हरुलाई अलि पर् सारु झैँ यानेकी मेरो पर्देसी बसाइँ नसकिने बेला सम्म लाई तर यस्तो कहाँ हुनेर |घाम को अस्तय हुनेछ उसको मिर्मिरेमा उदाउने वाचाका साथ |यसरीनै दिन अनि रात रात पछी दिन हुदै जान्छ यो धुर्ब सत्य कुरा हो यसलाई कसैले पनि चाहेर रोक्न अनि छेक्न सक्दिन |यो ४ वर्षको समय सगै बढेका मेरा फूलबारीका फुलहरु अब त निकै छिपीएको झैँ लाग्छ |
किन नि त्यो मेरो सुन्दर फूलबारीमा एउटा भमरा भुनभुनाउन लागेको छ |त्यो भमरा मेरो कोठाको नजिकै को इस्टोर रूममा रात बिताउने गर्दछ | दिनमा फूलबारीको फूलको रंगिन संसारमा रमाउछ र |रात पारे पछी पुन उसको वास्थानमा फर्कछ | उसलाई बिहान सबेरै मैले ढोका खोलि दिनु पर्छ |अलि ढिला भयोकि उसले ठुलो आवाजमा मलाइ उठाउने गर्दछ |उस लाई किन त्यति धेरै हतार होला ? बिहान बाहिर निस्कंलाई भन्दै कहिलेकाहीँ त खुब रिसउथीए म त्यो भमरा सँग एकदिन बिहानीको चिसो हावा सगै मपनि मेरो बिहानको दिन चर्या सकेर बरन्डामा बसी चिया नास्ता गरिरहेकी थिए |
अचानक मेरा आँखा एउटा सुन्दर गुलाबको फूलमा अडिन पुग्दछ त्यो फुलमा त्यहि बिहान हतारिदै बाहिर निस्किएको भमरा लाई देख्न पुग्छु |भमरा कहिले फूल मा त कहिले डालीमा बस्थ्यो अनि उस्कै भाषामा फूल लाई खोइकुनी के भन्थियो |फूल र भमराले एक आपसमा उनीहरुको भाषा बुझे झैँ लाग्दथ्यो मलाई कोहि बेला भमरा हावाको झोका संगै भुइँमा पछारिन पुग्थियो त्यै पनि उ न थाकी फुलमा झुम्मिरहन्थियो झुम्मिरहनथियो| मा फुल र भमराको यो लुकिछिपी हेरि आफैमा कता कता हराउने गर्दथे |
एकदिनको कुरा हो त्यो भमरा ले मेरो फूलबारीका फुलहरु मध्ये, सेतो गुलाब लाई असाध्यै माया गर्दोरहिछ र उ त्यसरी हतारिदै बिहानै फूलबारीमा भुन्भुनाउदो रहिछ |उसले त्यो फुलबारी भित्रको सुन्दर सेतो गुलाब लाई यति माया गर्दो रहिछ कि शागर भन्दा गहिरो ,हिमाल जस्तै अटल उस्को माया यो कुरा उसले सेतो गुलाबको फुललाई बारम्बार भन्दै गर्दो रहिछ तर त्यो सेतो गुलाबले उस्को माया स्विकार गर्दो रहेनछ |य
तिकै समय बित्दै गयो त्यो भंम्ररा उस्को प्रेमी बिना मरे तुल्य जीवन जिउन बाध्य हुन्थ्यो| कहिलेकहिँ त त्यो भमरा फूलबारीमा फूल सँग लुकिछिपी नगरी यसै हागामा नैराश्यता पूर्ण दिन बिताउदथियो |उसले एकदिन सेतो गुलाब लाई आफ्नो प्रेम अन्तिम पटक प्रकट गर्छ सेतो गुलाबको फुलले एउटा सर्तमा मात्र उसको प्रेम स्वीकार गर्ने बाचा गर्छ | यदि त्यो भंम्राराले उसलाई रातो बनायो भने उस्को प्रेम स्विकार गर्ने अनि उ संग प्रेम गर्ने बताउछ |
बिचरा भंगेरो आफ्नो प्रेम पाउने आशाले आफ्नो छाती चिरेर गुलाबको फुल माथि बसेछ जब भमरा सेतो गुलाबको फुल माथि बस्दछ जब सेतो गुलाबको फुल रातो हुनलाग्दछ तबत भमारा मर्दो रहिछ अनि आएर सेतो गुलाफ ले त्यो बिचरा भमराले उसलाई माया गरेको महसुस गर्छ ,र धेरै पश्चताप गर्छ अनि जीवन भर भंमरा लाई सम्झीरहन्छ ...........सम्झीरहन्छ ..........सम्झीरहन्छ ..........
रमा भण्डारी, झापा { हाल इस्राएल }