दुइ गजल' : By, Rajeshrumba Lama


१,
हामीलाई देखेर उ मुस्कुराई रहेछ
आफ्नै भाग्य लेखेर उ मुस्कुराई रहेछ

सहनशिल,धैर्यवान, परिपक्कता छ
सारा दु:ख छेकेर उ मुस्कुराई रहेछ

प्रज्वलित मुहार अनि अदम्य साहस् देख्छु
संसारलाई टेकेर उ मुस्कुराई रहेछ

हरेक वर्षात,हिमपात खप्नलाई
सहनाग्नी सेकेर उ मुस्कुराई रहेछ

२,
नमिठो त्यो जीन्दगीको कथा सुन्दैछु
कथाभित्रको रुवाउने व्यथा सुन्दैछु

सिंगमर्मरको महल देख्थें उस्को जीन्दगी
बनिबुतो गरेर साँच्या ज्याथा सुन्दैछु

खुसी थियो हिजो अस्ती तर आजभोली
छरियो अरे खुसी यता उता सुन्दैछु

आजाद पक्षीं खुल्ला आकाश घर थियो
उस्लाई बाँध्ने समयको लता सुन्दैछु

राजेश रुम्बा लामा'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com