1,
निभ्न लागे दियो आमा बाल्न आउँछु म
तेलसंगै परे रगत हाल्न आउँछु म
सुन्दर शान्त मेरो देश अक्रान्त पार्नेलाई
अस्त्र शस्त्र प्रयोग गरि फाल्न आउँछु म
वर्षौं भयो उहि घर उहि छ संरचना
भत्काएर नयाँ घर थाल्न आउँछु म
जुगा जस्तै चुस्दै त्यहाँ ठडिएका सबै
सामन्ती ,शोषक वर्ग ढाल्न आउँछु म
दु:ख हरु हटाई बिग्न बाधा पन्छाई
हरेक इच्छा पूरा गरि पाल्न आउँछु म
2,
गुटबन्दी भएपछि फुटाफुट भो
गृहकार्य गर्दा गर्दै कुटाकुट भो
एकै थालमा खान्थे एकै पटक चुट्थे
कसो गरि आज मन भुटाभुट भो
दाजुभाई हामीहरु हामी एक् हौं भन्थे
शत्रु नजर लाग्यो क्या हो छुटाछुट भो
फूपु मर्दा धेरै थोरै आँशु झारे
अपुताली धन् पाउँदा लुटालुट भो
राजेश रुम्बा लामा'अतृप्त' :