नियतीले ठगिएको, बेसाहरा मेरो जीवन
जसोतसो बाँचेको छु, सिलाएर फाटेको मन!
एक्लै हुँदा थाहा भयो, बेग्लै रैछ संसार मेरो
अँध्यारो र शून्य लाग्छ, जिन्दगीको सेरोफेरो:
थाहा छैन आफ्नो घर, परिवार हुन्छ कस्तो
कल्पनामा हराउँदा, लाग्छ केवल सप्ना जस्तो;
छैनन् कोहिं दुनियाँमा, मन्को बह सुनि'दिने
दु:ख पर्दा साथ दिदैं, गन्तब्यलाई बुझीदिने :
चलाईराछु जिन्दगानी, आफ्नै मन्को ईशाराले
ईश्वरप्रती आस्था माया, बिश्वासको साहाराले;
नियतीले ठगिएको, बेसाहरा मेरो जीवन
जसोतसो बाँचेको छु, सिलाएर फाटेको मन!
नरेन्द्र घर्ती